alliance khabar

बुधबार, भाद्र १२, २०८१

काठमाडौँ, भदौ १२ गते ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँले १८९ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । झाक्रीले ११२ मत ल्याउनुभयो ।

त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी हुनुभयो । उहाँले १६४ मत ल्याउनुभयो । रामचन्द्र झाले १४४ मत ल्याउनुभयो ।

उपाध्यक्षमा ११ जनाको प्रतिस्पर्धा भएकोमा डा.गगांलाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५११, भानुभक्त जोशी १५६ र प्रकाश ज्वालाले १३९ मत ल्याएर विजयी हुनुभयो ।

उपमहासचिवममा मेणमणि चौधरीले १५८ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै रामकुमार खड्का १०७, गरिमा साहले १०५ ल्याएर विजयी हुनुभयो । राजेन्द्र राईले १०६ मत ल्याउनुभयो ।

दलित समुदायको सचिवमा गणेशबहादुर विश्वकर्माले १८० मत ल्याएर विजयी हुनुभयो । निरादेवी जैरुले १०५ र कृष्णबहादुर नेपालीले २७ मत ल्याउनुभयो ।

आदिवासी जनजाती सचिवमा वलदेव चौधरीले १७५ मत ल्याएर विजयीहुँदा राजन राइले २६ र टोकबहादुर तामाङ वाइवाले ९१ मात्रै ल्याउनुभयो ।

खुल्ला सचिवमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ वराल १०७, सावित्रीकुमारी भुसालले १०६ र चन्द्रबहादुर साहीले ९१ मत पाएर विजयी भए । सचिव पदमा २६ जनाको उम्मेदवारी परेको थियो । पोलिटव्यूरो सदस्यका लागि भएको निर्वाचनको मतगणना बुधबार दिउँसो हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल