काठमाडौँ, भदौ १३ गते : आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्ने र निर्वाचित पदाधिकारी, पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुने पार्टी सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।