Alliancekhabar

बिहिबार, भाद्र १३, २०८१

बनेपा, भदौ १३ गते : धुलिखेल अस्पतालले नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनी रोगको पहिचान, त्यस्ता रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपाय पहिचानका लागि जेनोप्लान परीक्षण सेवा सुरु गरेको हो ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालकी गाइनोकोलोजिस्ट प्राडा. आभा श्रेष्ठले सिङ्गापुर, जापान, भारतलगायतका देशमा सुरु भएको जेनोप्लान सेवा नेपालमा पहिलो पटक धुलिखेल अस्पतालले सुरु गरेको बताउनुभयो । “जेनोप्लान अन्तर्गत मानिसको मुखभित्रको स्वाब (¥यालको स्वाब) निकालेर त्यसलाई परीक्षण गरेर व्यक्तिविशेषमा वंशाणुगत, पारिवारिक रूपमा सर्ने रोग, क्यान्सर तथा मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोललगायतका मेटाबोलिक रोग लाग्न सक्ने जोखिमको आकलन गरिन्छ,” डा. श्रेष्ठले भन्नुभयो ।

उहाँले जेनोप्लान अन्तर्गत मानिसलाई आगामी १० वर्षभित्र के कस्ता रोग लाग्न सक्छ भन्ने विषयमा रोगको पहिचान गर्न मद्दत गर्ने बताउनुभयो । “यो सेवामा १० वर्षमा आउन सक्ने १४० प्रकारका क्यान्सर रोग र एक हजार ६१ वटा अन्य विभिन्न रोगको पहिचान गर्न सकिन्छ भने ती रोग लाग्न नदिनका लागि अपनाउनुपर्ने सावधानीका उपायका बारेमा जानकारी प्राप्त हुने छ,” डा. श्रेष्ठले थप्नुभयो । उहाँले जेनोप्लान सेवाले मानिसमा लाग्न सक्ने प्राणघातक वा दीर्घरोग लाग्न नदिनका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पतालले उक्त सेवा सुरु गर्नुपहिले ७० जना चिकित्सकको जेनोप्लानसमेत गरेको बताउनुभयो ।

डा. श्रेष्ठले अस्पतालले आगामी एक वर्षभित्र दक्षिण कोरियन सरकारको सहयोग र समन्वयमा जेनोप्लानका लागि आवश्यक पर्ने प्रयोगशाला तयार गर्ने बताउँदै तत्कालका लागि अस्पतालले लिएको स्वाब परीक्षणका लागि कोरिया पठाउने र उक्त स्वाबको रिपोर्ट दुई साताभित्र आउने बताउनुभयो । अस्पतालले एक जना मानिसको जेनोप्लान परीक्षणका लागि दुई सय अमेरिकी डलर (करिब सत्ताइस हजार नेपाली रुपियाँ) खर्च हुने भन्दै नेपाल सरकारले स्वास्थ्य बिमा सेवाभित्र जेनोप्लान सेवा समेटेमा आफूहरू बिमामा समेत उक्त सेवा दिन तयार रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका युरोसर्जन डा. सुजन माकजूले अस्पतालले मिर्गाैलाको पत्थरीलगायतका समस्याका लागि अत्याधुनिक थुलियम लेजर प्रविधिमार्फत उपचार सेवा सुरु गरिएको बताउनुभयो । डा. माकजूले पिसाब खुल्ने प्वालबाट इन्डोस्कोपलाई मिर्गौलासम्म पु¥याउन सकिने भएकाले पत्थरी फुटाउनका लागि पेटमा कुनै घाउ बनाउनु नपर्ने र मिर्गौलाको पत्थरीका साथै पिसाब थैलीमा मासु पलाउने समस्या (ट्युमर), प्रोस्टेट ग्रन्थी सुन्निने समस्यामा प्रोस्टेट ग्रन्थी खुर्किने कामका लागि समेत यो प्रविधि निकै उपयुक्त हुने बताउनुभयो ।

डा. माकजूले थुलियम लेजर प्रविधिबाट पत्थरीको उपचार गर्दा स्वास्थ्य बिमा हुने बिरामीका लागि बिमा छुट गर्दा ४५ हजार र बिमा नहुने बिरामीका लागि एक लाख सात हजार रुपियाँ खर्च हुने बताउनुभयो । उहाँले उक्त प्रविधिबाट २४ एमएमसम्मको पत्थरी फुटाउन सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल