alliance khabar

आइतबार, भाद्र १६, २०८१

काठमाडौं, भदौ १६ गते ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे बस्ने बैठकमा सो प्रतिवेदन पारित हुने जानकारी दिनुभयो ।

मुख्यसचिव पौडेलले भन्नुभयो, “केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्छ । सहमति जुटिसकेको छ ।”

यसैबिच बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा निरन्तर बस्दै आएको बैठकमा हिजो शनिबार पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरुबिच छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “सभापतिले दिनका दिन निरन्तर बैठक राख्नुभयो । हिजो पनि पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताहरुबिच बैठक थियो । सबै कुरा सहमति उन्मुख भएको छ । आज ड्राफ्ट गरेर महामन्त्रीद्वयले प्रतिवेदन ल्याउनुहुन्छ । सबै सहमति करिब–करिब भइसकेको छ । आज हन्ड्रेड पर्सेन्ट पारित हुन्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल