alliance khabar

मंगलबार, भाद्र १८, २०८१

काठमाडौं भदौ १८ गते।

नेपाली कांग्रेसले १०० दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ । महामन्त्री गगन थापाका अनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ ।

पार्टी समिति र पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित तथा व्यवस्थित गर्ने लगायतका कार्य पनि यस अभियानका क्रममा हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणका काम तीव्र रूपमा हुन सकेको छैन । अहिलेसम्म करिब २० प्रतिशत मात्रै काम भएको उहाँले गत आइतबारको केन्द्रीय समितिमा बताउनुभएको थियो ।

केन्द्रीय सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका अवस्थाबारे जानकारी लिइराख्नुपर्ने उहाँको भनाइ छ । क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै १५ औं महाधिवेशन प्रक्रिया सुरू हुने भएकोले यसलाई तीव्रताका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्ला तोकेर संगठन सुदृढीकरण अभियानमा खटाउने तयारी गरेको हो । कांग्रेसले आगामी आमचुनावहरू आफ्नै तागतमा एक्लै लड्ने नीतिसमेत केन्द्रीय समितिबाट अनुमोदन गरेको छ । त्यसका लागि बलियो संगठन बनाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ । २०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ४६ हजार सात सय २९ जना क्रियाशील सदस्य थिए ।

कांग्रेसले पार्टी विधानमा समयानुकूल संशोधन र परिमार्जन आवश्यकता रहेको औंल्याउँदै विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय गरेको छ । गत फागुनको महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव र पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न समिति बनाउने निर्णय केन्द्रीय समितिले गरेको हो ।

कांग्रेसको विधान, २०१७ को धारा २२ (७) बमोजिम विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय भएको छ । समितिका संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी सभापति शेरबहादुर देउवाले चयन गर्नुहुनेछ। ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल