Alliancekhabar

शनिबार, भाद्र २९, २०८१

फिदिम, भदौ २९ गते : पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको हाे ।

जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो । पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् ।

यो वर्ष साउन १ देखि भदौ २५ गतेसम्म ४४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये अधिकांश उपचारपछि घर फर्केपनि ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै यो अवधिमा ३८ जनालाई डेंगुको संक्रमण पुष्टि भएको पनि रेग्मीले बताउनुभयो ।

गत वर्ष जिल्लामा ८ सय ४५ जनालाई डेंगुको संक्रमण पुष्टि भएको थियो । पाँचथर अस्पतालमा दैनिक २ सय हाराहारीमा बिरामी आउने गरेकोमा ४० भन्दा धेरैमा ज्वरो सँग सम्बन्धित समस्या देखिने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल