alliance khabar

सोमबार, भाद्र ३१, २०८१

काठमाडौँ, भदौ ३१ गते ।

नेपाल र बङ्गलादेशबिच विद्युत् सम्झौताबारेमा छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबिच आइतबार भएको भेटघाटमा सो छलफल भएको हो । भेटघाटमा ऊर्जामन्त्री खड्काले दुई देशबिच विद्युत् व्यापार सम्झौता चाँडै हुने र यसका लागि पहल भइरहेको बताउनुभएको छ ।

नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यातले दुई देशबिच विद्युत् व्यापारको ढोका खुल्ने बताउँदै उहाँले भन्नुभयो, ‘चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबिच त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने छ ।” भेटमा राजदूत चौधरीले पनि बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बङ्गलादेशबिचको ऊर्जा सहकार्यलाई अगाडि बढाउने धारणा राख्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

मन्त्री खड्कको सचिवालयका अनुसार नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा पनि ऊर्जा आवश्यकता रहकाले दुई देशबिच ऊर्जा सहकार्य बलियो हुने धारणा मन्त्री खड्काले राख्नुभयो । आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ऊर्जाको विषयमा अझ ठोस सम्झदारीमा छलफल हुने बताउँदै मन्त्री खड्काले ठुला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनलगायतका विभिन्न महìवपूर्ण विषयमा छलफल हुने बताउनुभयो ।

सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबिच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको बताउँदै उहाँले यहाँका राजदूतावासबाट थप सहजीकरण हुनेमा विश्वास लिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल