Alliancekhabar

मंगलबार, आश्विन ०८, २०८१

लेखनाथ, असोज ८ गते : गण्डकी प्रदेशसभाको छैटौं अधिवशेन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गर्नुभएको हो ।

सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । सो विधेयकमाथि एक दिन मात्र छलफल गरी प्रदेश सभाले सोमबार पारित गरेको हो ।

सभामुख कृष्णप्रसाद धितालले ऐन सर्वसम्मत पास भएको घोषणा गर्नुभयो । सदनमा उठेको संसदका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यी ऐन कार्यान्वयनमा जाँदा प्रदेशका धेरै गाँठा फुक्न उल्लेख गर्नुभयो ।

‘नगरी नहुने भएकाले पनि यो ऐन संशोधन गर्नुपरेको हो । यो संशोधनले करारमा रहेकाहरुको समस्या पनि समाधान हुन्छ’ उहाँले भन्नुभयो । सरकारले एकमुष्ठ संशोधन गरेका पाँच ऐनमा गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९, स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९, गण्डकी प्रदेश लोकसेवा आयोग ऐन २०७६, गण्डकी प्रदेश खानेपानी तथा सरसफाइ ऐन २०७९ र गण्डकी प्रदेश वन ऐन २०८० छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल