alliance khabar

मंगलबार, कार्तिक १३, २०८१

काठमाडौँ, कात्तिक १३ गते ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ ।

धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसर पारेर मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानुनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष सुनाएको हो ।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरूलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्नुहुँदै त्यसैकारण नेपालमा कुनै पनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताउनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानुन अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गर्नुभयो ।

‘‘पाखापखेरामा अहिले अमला पाक्न थाले । त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा ट्याक्स तिर्नुपर्दछ । बाँदरले खान छोडिसके त्यो अमला । त्यसलाई कसैले टिपेर बेच्छु नि दुई पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन् ।,’’ महानिर्देशक केसीले भन्नुभयो, ‘‘यी चिजहरू चेन्ज भएनन् भने वैद्यखाना होइन अब जुन वैद्यखाना बने पनि सरकारले चलाउन सक्दैन । जडीबुटी त्यस्तै भइसक्यो । आफैँ खेती गर्न त्यो सम्भावना नहोला । यस्तो अवस्था अन्त्य गर्न आवश्यक छ । स्वस्थ बन्ने प्रयास गरौँ सबैले । योग, ध्यानमा जोड दिऔँ ।’’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ । महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्त्व झनै बढेर गएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल