alliance khabar

शनिबार, कार्तिक १७, २०८१

काठमाडौँ, कार्तिक १७ गते।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा भाग लिन आज इजिप्टको राजधानी कायरो प्रस्थान गर्नुभएको छ।

उहाँले कार्तिक १९ देखि २३ गतेसम्म कायरोमा आयोजना हुने संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) अन्तर्गतको विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा एसियाका मेयरहरूको प्रतिनिधित्व गर्दै मन्तव्य राख्नुहुनेछ।

७ मिनेटको मन्तव्यका क्रममा नगर प्रमुखज्युले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्य (Sustainable Development Goals) सम्बन्धी स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (Voluntary Local Review – VLR) को संक्षिप्त प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ।

नगर प्रमुख गिरीले प्रतिवेदन प्रस्तुत भएपछि नगरपालिकालाई अन्तर्राष्ट्रिय सहयोग जुटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सम्मेलन अवधिमा नगरपालिकाको प्रशासनिक कार्यमा निरन्तरताका लागि उपप्रमुख बसन्ती श्रेष्ठ कार्यवाहक नगर प्रमुखको भूमिकामा रहनुहुनेछ। नगर प्रमुखले यस यात्रा र सम्मेलनबाट नगरपालिकालाई कुनै पनि आर्थिक व्ययभार नपर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल