alliance khabar

शनिबार, कार्तिक २४, २०८१

काठमाडौँ, कात्तिक २४ गते ।

मलेसिया सरकारले नयाँ आप्रवासी श्रमिकको कोटा स्थगित गरेको छ । मलेसिया सरकारले तत्कालका लागि नयाँ आप्रवासी श्रमिकको कोटा स्थगित गरेको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी गराएको हो ।

दूतावासका अनुसार मलेसिया सरकारले सार्वजनिक गरेको निर्णयमा आप्रवासी श्रमिक पर्याप्त भएको र हाललाई आवश्यक नपर्ने उल्लेख छ । मलेसियामा आप्रवासी श्रमिकको सङ्ख्या २५ लाख जना तोकिएको छ । तोकिएको सङ्ख्यामा २४ लाख १० हजार आप्रवासी श्रमिक दर्ता भएर कार्यरत रहेको जनाइएको छ ।

तोकिएको सङ्ख्यामा ९० हजार श्रमिक कृषि र उत्पादनतर्फको मात्र आप्रवासी श्रमिकको कोटा बाँकी रहेका सेवा क्षेत्रबाट नयाँ श्रमिक स्थगित गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले गएको महिनादेखि नै कुनै पनि नयाँ आवेदन लिन छोडेको जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियामा विशेष गरी कृषि, बगान, निर्माण र सेवा क्षेत्रमा माग पुनर्मूल्याङ्न गर्न तत्काल आप्रवासी श्रमिक नयाँ भर्ना स्थगित गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल