alliance khabar

आइतबार, कार्तिक २५, २०८१

काठमाडौँ, कात्तिक २५ गते ।

चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्ष सञ्चालन गरेका चाडपर्वलक्षित सहुलियत मूल्य पसलबाट सात करोड बराबरको कारोबार भएको र यस वर्ष साढे सात करोड बराबरको कारोबार गरेको जनाएको छ । कर्पोरेसनले गत असोज ७ गतेदेखि कात्तिक २१ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका आफ्ना बिक्री कक्षबाट चिनी, नुन, खानेतेल, चिउरा, आँटा र दालसहितका खाद्यवस्तु छुटमा बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो । ती पसलमा चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट दिएको थियो । कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी सहित ११  वटा बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल