Alliancekhabar

शनिबार, भाद्र ०९, २०८०

सिन्धुपाल्चोक, ९ भदौ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।

शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपी बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् । मेलम्ची–भोताङ सडकखण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडकखण्ड सडक पनि सञ्चालनमा आएको मेलम्ची वडा नम्बर १० का वडाध्यक्ष अमृत खनालले जानकारी दिनुभयो । मेलम्ची–तालामाराङअन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ ।

मेलम्ची–४ स्थित पिप्ले–पाटी भञ्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन् । आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।

पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार खाल्डे खोलामा पहिरो गएपछि वैकल्पिक माध्यमबाट यात्रुलाई सहज बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार जिल्लाको अधिकांश ठाउँमा बाढी र पहिरो जाने क्रम बढी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल