alliance khabar

सोमबार, मंसिर १०, २०८१

सर्लाही, मङ्सिर १० गते ।

सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ ।

यस वर्ष गत असोज दोस्रो साताको भारी वर्षाका कारण गोलभेँडा फल्न ढिलो भएकाले ढिलो मात्र नयाँ उत्पादन आएको हो ।

अविरल वर्षाबाट गोलभेँडाको बोट जोगाउन सफल भएका किसानले भने अहिले बजारमा धमाधम बेच्न थालेका हुन् ।

बजारमा थोरै परिमाणमा गोलभेँडा भित्रिइरहेकाले किसानले सिजनको सुरुमा राम्रो मूल्य पाएका छन् । मधेश प्रदेशको प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक तरकारी बजारमा स्थानीय जातको गोलभेँडा किसानले प्रतिक्रेट एक हजार आठ सय रुपियाँदेखि दुई हजार चार सय रुपियाँसम्ममा बिक्री गरिरहेका छन् ।

एक क्रेट गोलभेँडा बिक्री गर्दा किसानले प्रतिकेजी ७२ रुपियाँदेखि ९६ रुपियाँसम्म मूल्य पाइरहेका छन् । यही गोलभेँडा उपभोक्ताले भने खुद्रामा प्रतिकेजी १५० रुपियाँसम्ममा खरिद गरेर उपभोग गरिरहेका छन् ।

बजारमा स्थानीय उत्पादन पर्याप्त नभएसम्म भाउ यस्तै रहने खुद्रा व्यापारीले बताएका छन् । सर्लाहीमा उत्तरी भेगको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकामा  व्यावसायिक रूपमा गोलभेँडा खेती हुने गरेको छ ।

लालबन्दी नगरपालिका–११, हिरापुरका किसान तिलकबहादुर थिङले अबको दुई साताभित्र बजारमा पर्याप्त मात्रामा गोलभेँडा भित्रिने बताउनुभयो । असोजमा धेरै पानी परेर गोलभेँडाको बेर्ना सार्न नै ढिलो हुँदा मङ्सिर मध्य हुन लाग्दासमेत गोलभेँडा फलाउन नसकेको उहाँले जानकारी दिनुभयो ।

सबै किसानले एकै पटक धेरै मात्रामा गोलभेँडा बजार ल्याउन थालेपछि भाउ भने ह्वात्तै घट्ने गरेको छ । लालबन्दी थोक तरकारी बजारमा हिजोआज स्थानीय जातको गोलभेँडा दुई सय क्रेटको हाराहारीमा आइरहेको छ ।

त्यसमध्ये थोरै परिमाणमा काठमाडौँ पठाउने गरिए पनि सबै जसो गोलभेँडा स्थानीय स्तरकै हाटबजारमा खपत भइरहेको लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल