alliance khabar

सोमबार, मंसिर १०, २०८१

बैतडी, मङ्सिर १० गते  ।

 भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् । बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै  बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् ।

दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक मल प्रयोग गरेर तरकारी फलाउन थालेको चार वर्ष भयो । रोगकिरा नियन्त्रण गर्न खेतबारीमा गौमूत्र छर्किनुहुन्छ । उहाँको बारीमा अहिले काउली, पालुङ्गो, धनियाँ, मुला र रायो प्रशस्तै फलेका छन् । यद्यपि तरकारीले उचित मूल्य नपाउँदा उहाँ निराश बन्नुभएको छ । जैविक मल प्रयोग गर्ने बबेत गाउँका किसानलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले बिउबिजन, सिँचाइ, पोलिहाउस जस्ता अनुदानका कार्यक्रम नदिएको विमलाले गुनासो गर्नुभयो ।

बबेत गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, न त ढुवानीको सुविधा छ  । दशरथ चन्द नगरपालिकाले १३ लाख रुपियाँ खर्च गरेर चार वर्षअघि निर्माण गरेको सडकमा घाँस र बुट्यान उम्रिएपछि किसानले घण्टौँ पैदल हिँडेर डोकोमा तरकारी बेच्दै आइरहेको स्थानीय ललित वडले बताउनुभयो । जैविक मल हालेको तरकारी विषादी हालेको तरकारीको भन्दा कम मूल्यमा बेच्नु परेको अगुवा किसान विमला वडले दुःखेसो पोख्नुभयो । “गोठेमल र गौमूत्र प्रयोग गरेर बेबत गाउँका १५ जना किसानले अर्गानिक तरकारी खेती सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “झिसमिसेमै डोकोमा तरकारी बोकेर बजारका पसल पसल चहार्दै हिँड्नु पर्छ । बिचौलियाले बाहिरी जिल्लाबाट आउने तरकारी भन्दा सस्तोमा किन्न खोज्छन् । घर फर्काएर ल्याउनुभन्दा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”

बैतडीस्थित कृषि ज्ञान केन्द्र र नगरपालिकामा रहेको कृषि शाखाले बजारमा बिक्री भइरहेको तरकारीमध्ये विषादी प्रयोग गरेको र नगरेको तरकारी छुट्याइदिए स्थानीय किसानलाई सहज हुने अगुवा किसान जगदीश वडले बताउनुभयो । अर्गानिक तरकारी खेती गर्ने किसानको बारीदेखि बजारसम्मको तरकारी परीक्षण गरिदिन उहाँले माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल