alliance khabar

सोमबार, मंसिर २४, २०८१

काठमाडौँ, मङ्सिर २४ ते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो ।

यसको लागि  मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित नि:शुल्क कल सेन्टर १११५ मा बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म फोन गरेर आफ्नो गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरेको छ ।

भाइवर र ह्वाट्स एप नम्बरमा  ९८५१३३०५९२ नम्बरमा गुनासा, सन्देश पठाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ । त्यसैगरी, इमेलमार्फत हेल्लो हेल्थ एट एमओएचपी डट जीओभी डट एनपीमा मन्त्रालयमा वा हुलाक मार्फत गुनासो पठाउन सक्ने व्यवस्था मन्त्रालयले गरेको ।

स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन मन्त्रालयले यो सेवा सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल