alliance khabar

मंगलबार, मंसिर २५, २०८१

काठमाडौँ, मङ्सिर २५ गते ।

चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने हुनुभएको छ । चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरमा हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकको छनोट भइरहेको छ । सन् २०२५ को सुरुवातसम्ममा छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ । फस्ट लुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया आउन लागेको एक व्यक्ति देखिएका छन् । व्यक्तिलाई आधा महिला र आधा पुरुष रूपमा चित्रित गरिएको छ । महिलाको भागमा नेपालको झन्डा र पुरुषको भागमा कोटसहितको पश्चिमा पहिरन देखाइएको छ । त्यस्तै पोस्टरमा उडिरहेको हवाईजहाज पनि देखाइएको छ । जसले अस्ट्रेलियामा पुगेर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पिआर) का लागि गर्ने सङ्घर्षको कथामा चलचित्र बन्न लागेको इङ्गित गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल