alliance khabar

मंगलबार, मंसिर २५, २०८१

सिद्धार्थनगर, मंसिर २५ गते ।

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उपभोक्तालाई न्युनतम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले कमभन्दा कम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्न आफूले आगामी बजेटमा त्यसको काम गरेर देखाउने दाबी गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा –१३ मा रहेको वेलवास खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानी ट्याङ्की शिलान्यासमा उहाँले उपभोक्ताबाट आवश्यक मात्र महसुल उठाएर सहज खानेपानी र न्युन शुल्कमा धारा जडान गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो आयोजनालाई बजेट अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनुभयो । जनतालाई न्युनतम शुल्कमा सेवा, सुविधा दिने हो, धेरै स्थानमा हामीले पनि देखेका छौँकि उपभोक्ता समितिहरु पनि सुविधामुखी हुनुभएन, सरकार साथमा छ । मिलेर राम्रो काम गरौँ’ उहाँले भन्नुभयो ।

बुटवल –१३ का १ हजार ५ सय घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिका लागि ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण हुनेछ । यस क्षेत्रमा भविश्यमा हुन सक्ने खानेपानी समस्या समाधान गर्न १ करोड ८५ लाख २९ हजारको लागतमा ओम–शुसिम कम्पनिले निर्माण गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले बताउनुभयो ।

उहाँले यस खानेपानी आयोजनाको कुल लागत १४ करोड ३९ लाख ४२ हजार  रहेको र यसमा ६ किलोमिटर पाइप विछाइने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव वासुदेव पौडेलले खानेपानी योजना सफल बनाउन सिङ्गो समुदाय एकसाथ लाग्नुपर्ने बताउनुभयो ।

खानेपानी संस्थाका अध्यक्ष पुरूषोत्तम बस्यालले आफूहरुले यो योजनाका लागि बषौँदेखि लागेको र अब योजना सम्पन्न गर्न कम्मर कसेर अघि बढेको बताउनुभयो । उहाँले आजभन्दा ३०–४० वर्ष अघिसम्म यस क्षेत्रमा पानीको अभावले धेरै टाढाबाट पानी ओसार्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै अब पानीको अभाव नहुने दाबी गर्नुभयो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष जिवलाल पन्थी, सचिव जीवनाथ अर्याल लगायतले बोल्दै अब ट्याङ्की निर्माणपछि कम्तिमा ४० वर्षलाई स्वच्छ खानेपानी उपलब्ध हुने विश्वास गर्नुभयो । यो आयोजना अन्तर्गत ट्याङ्की निर्माणको काम बिस २०८२ पुस १३ गतेसकि सक्नुपर्ने ठेकादारसँगको सम्झौतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल