alliance khabar

बुधबार, मंसिर २६, २०८१

डडेलधुरा, मङ्सिर २६ गते : सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो । अस्पतालले सोमबार अमरगढी नगरपालिका–४ का ५४ वर्षीय मिर्गौलाको समस्या भएका बिरामी राजेन्द्रविक्रम भण्डारीको स्वास्थ्य परीक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको छ ।

भण्डारीको स्वास्थ्य परीक्षण सफल भएको छ । अबको एक साताभित्रै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो । डडेलधुरा अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

पहाडी जिल्लाका अस्पतालमा पहिलो पटक यो सेवा दिइने भएको छ । डडेलधुरा अस्पतालमा डायलासिस गरिने भएपछि पहाडी जिल्लाका मिर्गौलामा समस्या भएका बिरामीलाई निकै सहज हुने अध्यक्ष ओझाको भनाइ छ ।

हालसम्म उपचारका लागि कैलाली धाउनुपर्ने बाध्यता हटेको भन्दै बिरामी भण्डारीले खुसी व्यक्त गर्नुभएको छ । आफ्नै ठाउँमा उपचार पाइने भएपछि बारम्बार कैलालीका अस्पताल पुग्नुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । हाल अस्पतालमा पाँच वटा डायलासिस मेसिन रहेका छन् । सो मेसिन सञ्चालनका लागि पूर्ण जनशक्ति रहेको अस्पताल विकास समितिका अध्यक्ष ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार डायलासिस सेवा सञ्चालन गर्न कम्तीमा एक साता लाग्ने छ ।

“अस्पतालका मेसु मङ्गलबार नै काठमाडौँ जानुभएको छ । मन्त्रालय र सम्बन्धित विभागबाट अनुमति लिनु पर्छ,” उहाँले भन्नुभयो, “डायलासिसको टिमले अनुगमन गर्छ । वैधानिकता पाइयो भने हामीले नियमित सेवा दिन पाउने छौँ ।”

डडेलधुराका १२ जना मिर्गौलापीडित बिरामी सम्पर्कमा रहेको उहाँको भनाइ छ । यहाँ सेवा सञ्चालनमा आए सुदूरपहाडका बिरामीलाई सहज हुने छ । यसअघि यहाँका बिरामी डायलासिस गराउन सेती प्रादेशिक अस्पताल धनगढी कैलाली जानुपर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल