alliance khabar

बिहिबार, मंसिर २७, २०८१

काठमाडौँ, मङ्सिर २७ गते : सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।

यसअघि अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी गर्दै आए पनि मङ्गलबार मात्र अस्ट्रेलिया विश्वकप आयोजनाको दाबीबाट पछि हटेको थियो ।

अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुनेछ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल