alliance khabar

आइतबार, मंसिर ३०, २०८१

काठमाडौँ, मङ्सिर ३० गते : विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ । उक्त खेलमा कर्णाली हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ ।

काठमाडौँको जितसँगै समान आठ अङ्क बनाएको सुदूरपश्चिम रोयल्सले दुई खेल अगावै र चितवन टाइगरले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको छ । १० अङ्क बनाएको जनकपुर बोल्ट्स यसअघिनै अघिल्लो चरणमा पुगिसकेको छ ।

काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२, दीपेश कँडेलले अविजित ११ र माइकल लेभिटले १० विकेट लिनुभयो ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । विराटनगरका लागि  राजेश पुलामीमगरले २५ रन बनाउनुभयो । ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाउनुभयो ।

विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिनुभयो । यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल