alliance khabar

आइतबार, मंसिर ३०, २०८१

नेपालगन्ज, मंसिर ३० गते : जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगतको अभाव बढ्दै गएको जानकारी गराएपछि कार्यक्रम आयोजना गरेर ५१ पिन्ट रगत संकलन गरिएको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले जानकारी दिनुभयो ।

उहाँले फाउण्डेशन र जनमत अर्ध साप्ताहिकको आग्रहमा ५१ जना स्वयंसेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधि लगायतले एकै दिन रक्तदान गरेको बताउनुभयो ।

सो रक्तदान कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, राप्ती सोनारी गाउँपालिका –६ का अध्यक्ष लवराज खरेल, नेपालगन्ज एकीकृत भन्सार कार्यालयका प्रमुख करुणा चौधरी, नेपालगन्ज उपमहानगरपालिका –१० का स्वास्थ्य शाखा प्रमुख भागीराम चौधरी, नेपालगन्ज साइकल क्लवका अध्यक्ष समाजसेवी प्रदीप सापकोटा, पत्रकार शंकरप्रसाद खनाल, नियमित रक्तदाताहरु निरजमान श्रेष्ठ, खम्बप्रसाद पुन, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, साहित्यकार अस्फाक संघर्ष, प्रल्हाद विश्वकर्मा, मधु बोगटीलगायत ५१ जनाले रक्तदान गर्नुभयो ।

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जाडो याममा हरेक वर्ष रगत अभाव हुने गरेको जनाउँदै यसरी नै विभिन्न संघ संस्था रक्तदान गर्नेहरुलाई आग्रह गर्ने गरिएको बताउनुभयो ।

उहाँले पछिल्लो समय रगतको माग अति नै उच्च हुने गरेको र रक्त सञ्चार केन्द्रमा रगत अभाव हुने गरेकाले आवश्यक परेका बिरामीलाई रगत खोजीका लागि निकै सास्ती भोग्नु परेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल