alliance khabar

शनिबार, पौष ०६, २०८१

मोरङ, पुस ६ गते ।

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पुर्‍याउन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिनाभित्र पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिव, कर्मचारीसहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिनुभयो ।

शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्त्वबारे चर्चा गर्नुभएको थियो भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल