alliance khabar

शनिबार, पौष ०६, २०८१

काठमाडौं, पुस ६ गते 

शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।

विश्व ध्यान दिवसको अवसरमा कैलाशकुट सामाजिक अभियानले आज काठमाडौंको हाँडिगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापन सम्वन्धी जनचेतना अभिबृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभाग प्रमुख डा. सरोजप्रसाद ओझाले बताउनुभयो ।

स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै डा. ओझाले शारीरलाई सक्रिय र मनलाई शान्त राख्नु पर्ने बताउनुभयो ।

डा. ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थान आवश्यक रहेको जोड दिनुभयो । मनोचिकित्सक डा. सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभावम पार्ने विषयमा संयम अपनाउन सुझाव दिदै तनावको बेवास्ता नगरी छिटो व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताउनुभयो ।

काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ्य महत्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

कैलाशकुट सामाकि अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्नेभन्दा रोगै लाग्न नदिनग स्वास्थ्यसम्वन्धी चेतनामूलक कार्यकक्रमा जोड दिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल