alliance khabar

आइतबार, पौष ०७, २०८१

लागोस,  पुस  ७ गते । 

नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।

दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ जनाको मृत्यु भएको थियो । यसअघि प्रहरीले घटनामा ‘धेरै’ मानिसको मृत्यु भएको चेतावनी दिएको थियो ।

साथै सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै कुल्चाइमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गर्नुभएको थियो ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशले नोभेम्बरमा मुद्रास्फीति बढेर ३४.६ प्रतिशत पुगेर एक पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला खाद्य वितरण केन्द्र बाहिर भागदौड भएको छ ।

ओकिजामा २२ जनाको मृत्यु भएको पुष्टि गर्दै अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले मृतकका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गर्नुभयो । “यो दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुकु इकेङ्गाले  आइतबार एक विज्ञप्तिमा भन्नुभयो ।

मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल