alliance khabar

बिहिबार, पौष ११, २०८१

काठमाडौँ, पुस ११ गते ।

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा बिहीबार दोस्रो चरणको खेल सम्पन्न भएका छन् ।

नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा आयोजक ललितपुर स्पोर्ट्स क्लब, दुई पटकका विजेता थापाथली चेस पार्क, ललितपुर महानगरपालिका टिम,  दोलखा जिल्ला बुद्धिचाल संघ र ललितपुरको महालक्ष्मी नगरपालिका चार अंकसहित अग्रस्थानमा रहेका छन्।

दोस्रो चरणमा थापाथली चेस पार्कका चारै जना खेलाडी विजयी हुनुभयो । पहिलो वोर्डमा एफएम रिजेन्द्र राजभण्डारीले भक्तपुरका बिक्रम चोकामीलाई, सुशील चौधरीले विनय थापालाई, आशीषले राजेश कक्षपतिलाई र सिन्दिराले सयन कोजु माथि जित निकाल्नुभयो ।

ललितपुर महानगरपालिकाको टिमले कोशी प्रदेश बुद्धिचाल संघलाई हरायो । जसमा एफएम रुपेश जैसवालले मुहान नरसिंह श्रेष्ठलाई, सिएम मिलन लामाले राजेन्द्र राईलाई, एफएम क्षितिज भण्डारीले शुशन आचार्य र अभिषेक शाहले कृतिरासामाथि जित हात पार्नुभयो ।

आयोजक क्लबले गोदावरी नगरपालिकालाई हरायो । आयोजकबाट सिएम सजिन महर्जनले सानुधाई महर्जनलाई, राहुल चौप्रधानले सोम आलेलाई हाराए हराउनुभयो । रिशोन थापाले जनार्दन श्रेष्ठसँग बराबरी खेल्दाबिनिता कपाली हर्षवर्धन राठीसँग पराजित हुनुभयो । साविक विजेता दोलखा जिल्ला बुद्धिचाल संघले इन्जिनियरिङ कलेजलाई हरायो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल