alliance khabar

मंगलबार, पौष १६, २०८१

तानसेन, पुस १६ गते ।

दुई करोडभन्दा बढी खर्च गरेर स्थापना गरेको कोभिड ल्याब अलपत्र अवस्थामा पुगेको छ । कोरोना सङ्क्रमणको जाँच हुन छाडेपछि दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र अवस्थामा रहेका छन् ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तानसेनको धोबीधारामा सञ्चालनमा ल्याएको कोभिड ल्याब निर्माणका लागि दुई करोड रुपियाँभन्दा बढी खर्च भएको थियो । केन्द्र, प्रदेश र स्थानीय तहको लगानीमा २०७७ असोजमा कोभिड ल्याब सञ्चालनमा आएको थियो । कोरोना सङ्क्रमण कम भएपछि सो ल्याब निरन्तर सञ्चालनमा कसैको चासो नपुगेको स्थानीय गोपालप्रसाद आचार्यले बताउनुभयो । यसअघि कोरोना ल्याब सञ्चालन गरेको पाल्पा अस्पतालले समेत करोडौँको सामग्रीको उपयोगबारे कुनै योजना ल्याउन नसकेको उहाँले बताउनुभयो ।

कोरोना परीक्षण मेसिन खरिदका लागि त्यतिबेला डेढ करोड खर्च भएको थियो । यस्तै आधुनिक ल्याब कक्ष निर्माण, कर्मचारीका लागि आवश्यक कक्ष निर्माण, तत्कालीन जिविसको पुरानो भवन मर्मतसुधार, फर्निचर सामग्री, थ्रिफेज विद्युत् विस्तारलगायतका काममा दुई करोडभन्दा बढी रकम खर्च भएको थियो । खरिद गरिएका कतिपय सामग्री उपयोग गर्न सकिने अवस्थामा अस्पतालको ध्यान नपुगेको गुनासो भइरहेको छ ।

तर पाल्पा अस्पतालका ल्याब शाखाका प्रमुख विष्णु गैरेले कोभिड ल्याबबाट पुनः प्रयोग गर्न सकिने सामग्री अस्पतालमा ल्याएर प्रयोगमा ल्याएको दाबी गर्नुभयो । “कोभिड ल्याबबाट प्रयोग गर्न मिल्ने आवश्यक सामग्री हामीले पाल्पा अस्पतालमा ल्याएर प्रयोग गरेका छौँ,” उहाँले भन्नुभयो, “अब मुख्य ल्याबका उपकरण र अन्य सामग्री अझै त्यहीँ छन् ।” कोभिड ल्याबलाई अन्य सरुवा रोग जाँचका लागि प्रयोग गर्न सकिने भए पनि अस्पतालले त्यसबारेमा योजना अगाडि बढाउन नसकेको उहाँको भनाइ छ ।

तीन वर्षसम्म पिसिआर मेसिन नचल्दा ल्याबका मेसिन बिग्रिएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । करोडौँ खर्च गरेर त्यसलाई पुनः प्रयोग गर्न सकिने भए पनि पाल्पा अस्पताल र प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन नसकेको सरोकारवालाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल