alliance khabar

बुधबार, पौष १७, २०८१

नेपालगन्ज, पुस १७ गते।

 जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ।

जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्रै रहेको कुरा उपनिर्वाचनमा प्रमाणित भएको दाबी गर्नुभयो।

उहाँले आफ्नो नेतृत्वमा मधेश आन्दोलन भएको स्मरण गराउँदै अहिले जसले जे भने पनि र जे गरे पनि मधेशीको हितैषी आफू र आफ्नो दल भएको प्रष्ट पार्नुभयो।

जिल्लाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सो कार्यक्रममा प्रशिक्षण दिदैँ अध्यक्ष यादवले पार्टी स्थापनाको उद्देश्य, पार्टीको अहिलेको अवस्था, अन्य राजनीतिक दलसँगको सम्बन्ध, मधेशी अन्य दलसँगको सहकार्य लगायतका विषयमा लामो समयसम्म बोल्नुभयो।

उहाँले सो अवसरमा नेपालको इतिहास सुनाउँदै नेपालको एकीकरणदेखि आधुनिक नेपाल कसरी भयो भन्ने कुरा पनि नेता कार्यकर्तालाई स्मरण गराउनुभयो। जसपा नेपालको संगठनलाई सुदृढ र बलियो बनाउन माथिल्लो तहका नेतादेखि वडास्तरका नेतासम्मले दिनरात काम गर्न अध्यक्ष यादवले निर्देशन दिनुभयो।

अध्यक्ष यादवको प्रशिक्षणपछि नेता कार्यकर्ताले पार्टीको अवस्था, स्थानीय नेतृत्व र भावी कार्ययोजना बारे विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको पनि अध्यक्ष यादवले जवाफ दिनुभयो।

जसपा नेपाल बाँकेका अध्यक्ष कौशल धोबीको अध्यक्षतामा भएको सो कार्यक्रममा लुम्बिनी प्रदेस सभाका सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, नेता राजन रानामगर, बेबी तबस्सुमलगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल