alliance khabar

शुक्रबार, पौष १९, २०८१

विराटनगर, पुस १९ गते  ।

ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।

उखु क्रसिङ गरेर नयाँ चिनी बजारमा आउँदा प्रतिकेजी मूल्य ८४ चलेको थियो । साना मिल सञ्चालनमा आएपछि प्रतिकिलो ८४ रुपियाँबाट पनि चिनीको मूल्य तल झरेपछि ठुला मिलले क्रसिङ सुरु गरेका थिए तर ठुला मिलले क्रसिङ सुरु गरेपछि चिनीको मूल्य एक सातामै आठ रुपियाँ प्रतिकेजी वृद्धि भएको विराटनगरका व्यापारी जीवन रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुमा ८६ रुपियाँ प्रतिकेजी खरिद गरेको चिनी अहिले ९१ रुपियाँ पुगेको छ । ठुला उद्योगले उत्पादन सुरु गर्दै कार्टेलिङ सुरु भयो ।”

८२ रुपियाँबाट सुरु भएको नयाँ चिनीको मूल्य ९२ रुपियाँसम्म पुग्ने अवस्थालाई सरकारले रोक्नु पर्छ । नेपालको उत्पादनले छ महिनालाई मात्रै पुग्छ, सुरुमै मूल्य बढाएर उद्योगीले उपभोक्तालाई सीमापार बजार पठाउन खोजिरहेका छन् ।”

नेपालमा उत्पादन हुने चिनीको मूल्य बढ्यो भने भारतबाट अवैध आयात बढ्ने सम्भावना बढ्छ । उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका रिजालले एक क्विन्टलमा २२५ रुपियाँ मुनाफा राख्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा अहिले प्रतिकेजी ३८ रुपियाँमा चिनी पाइन्छ । उत्पादन लागत उस्तै हुँदा नेपालमा यति धेरै बढाउन मिल्दैन । भारतमा सस्तो पर्ने भएपछि उपभोक्तादेखि ठुलो परिमाणमा खपत गर्ने उद्योगले चिनीको अवैध पैठारी गर्न सक्ने सम्भावना रहन्छ ।”

इस्टर्न सुगर मिलबाट उत्पादन सुरु

कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखुको क्रसिङ समयदेखि नै सुरु भएको छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरस्थित बर्जु गाउँपालिकामा रहेको इस्टर्न सुगर मिल प्रालिले क्रसिङ सुरु गरेको हो ।

 इन्दुशङ्करका दुई मिलबाट उत्पादन

सर्लाही समाचारदाताका अनुसार सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले आफूसँग भएका दुई वटै मिल सञ्चालन गरेर उखु क्रसिङ गर्न थालेको छ ।

किसानले पर्याप्त उखु ल्याउन थालेसँगै उद्योगले दैनिक ३५ हजार र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुवै मिल चालु गरेको हो । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले दुई वटै मिल चलाएर उखु क्रसिङलाई तीव्रता दिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल