alliance khabar

आइतबार, पौष २१, २०८१

फिदिम, पुस २१ गते : जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दुधजन्य वस्तुको बिक्री वापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाको जोड थियो ।

“पाँचथर जिल्ला दुध र मासुमा आत्मनिर्भर छ यति हुँदाहुँदै पनि खुल्ला सीमा पशु चौपायाको सहज आवागमन लगायत विभिन्न कारण खोरेत सहित विभिन्न किसिमका रोग र महामारी फैलिने खतरासँगै दुध र मासुजन्य उत्पादनको विक्री र विक्रीबाट प्राप्त हुने मूल्यमा प्रभाव परिरहेको छ,” पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर गङ्गाराम यादवले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो ।

यहाँ उत्पादित घिउ, छुर्पी र चीज जस्ता दुधजन्य उत्पादन विश्व बजारमा पुर्‍याउन  गुणस्तर परीक्षण अनिवार्य गरिन्छ । डाक्टर यादवका अनुसार नेपाल विश्व स्वास्थ्य सङ्गठन पशु चौपायामा लाग्ने रोग र महामारीको खतराका सूचीमा रहेकाले यहॉको उत्पादन निर्यातमा समस्या भइरहेको छ ।

पशु चौपायालाई रोगमुक्त गर्न सरकारले खोप लगाउनेसँगै विभिन्न किसिमका अभियान सञ्चालन गर्न लागेकाले किसान,जनप्रतिनिधि, तीनतहकै सरकारका निकाय र सरोकारवाला एकजुट भएर अघि बढ्न ऐक्यबद्वता जनाएका हुन् ।

कार्यक्रममा कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र खड्काले रैथाने चरुवा डुलुवा पशुसँगै तराइ तिर बिक्री गर्र्न संखुवासभा र तेह्रथुम रुटबाट ल्याइने पशु चौपायाका कारण पनि रोग महामारी सर्ने खतरा रहेकाले त्यसतर्फ सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगूले सीमावर्ती क्षेत्र समूहसमूह भएर चर्ने चौंरी गोठमा महामारी फैलिए त्यसले विकराल रुप लिन सक्ने भन्दै त्यसतर्फ ध्यान जानुपर्ने सुझाव राख्नुभयो ।

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पाँचथर जिल्लाका नागरिरको आम्दानीको स्रोत मध्ये एक पशुपालन पनि भएकाले पशु चौपायामा लाग्ने रोग र महामारी नियन्त्रणका लागि स्थानीय निकाय, भेटेरिनेरी अस्पता, सरोकारवाला र किसानले खोरेत नियन्त्रणका लागि एकिकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति पॉचथरका प्रमूख रामराज आङदेम्बेले जिल्लालाई खोरेत मुक्त बनाउन पशु स्वास्थ्यकर्मी,जनप्रतिनिधि र किसान सहितका सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित पशु स्वास्थ्यकर्मीहरुले हाल उपलब्ध पशु प्राविधिकको सङ्ख्या थोरै मात्रै रहेकाले एउटा वडामा कम्तीमा एकजना प्राविधिक नियुक्ती गर्नुपर्ने र क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा सहभागी सबै सरोकारवाला खोरेत रोग नियन्णका लागि पँचथर जिल्लालाई ‘जोन’का रुपमा अगाडी बढाउन सरोकारवालाहरु एकमत भएका हुन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले आयोजना गरेको अन्तरक्रियामा डाक्टर रामनारायण साहले अध्यक्षता र पशु विकास अधिकृत निरजकुमार भट्टराईले सहजीकरण गर्नुभएको थियोे  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल