alliance khabar

सोमबार, पौष २२, २०८१

इन्भेस्टमेन्ट कम्पनीको नियमन धितोपत्र बोर्डले गर्ने 

काठमाडौँ, पुस २२ गते । इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्र बोर्डले नियमन गर्ने भएको छ । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको हो ।

सरकारले सम्पत्ति शुद्धीकरण ऐन २०६४ दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि धितोपत्र बोर्डलाई नियामक तोकेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पाँच करोड रुपियाँ वा सोभन्दा बढी चुक्तापुँजी भएका वा १० करोड रुपियाँभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीको हकमा बोर्डले सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमन गर्ने जनाएको छ ।

आगामी पुस मसान्तदेखि नियमन सुरु गर्नुपर्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ तर पाँच करोडभन्दा कम चुक्तापुँजी भएका वा वार्षिक १० करोडभन्दा कम कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीको हकमा भने जोखिमको आधारमा बोर्डले तोकेको मितिदेखि नियमन सुरु गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कलाई तोकेको छ ।

सवारीसाधन बिव्रmी गर्ने व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय भने यातायात व्यवस्था विभागलाई तोकिएको छ ।

त्यसै गरी सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर ठहर हुने विभिन्न पाँच क्षेत्र थप गरेको छ । सरकारले मानव तस्करी, हुन्डी, अभौतिक मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालन गरेमा सम्पत्ति शुद्धीकरणको कसुर ठहर हुने राजपत्रमा सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल