alliance khabar

शुक्रबार, पौष २६, २०८१

काठमाडौं, पुस २६ गते ।

 नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताउनु भएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताउनुभएको हो ।

उहाँले आफ्नो कमाइबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गर्नुभयो । उहाँले खुशीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्‍याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोल्टिकल एजेण्डा भनेको नेपालको नौजवानहरुले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा हो । म रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पुर्‍याउन चाहन्छु । मैले कोसिस गरिरहेको छु । मैले आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो । म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पुर्‍याउन चाहन्छु । त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ । त्यो कोठमा कुरा हुनुपर्छ ।’’

महामन्त्री थपाले नेपालमा पाएको रोजगारीले खुशीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरु नेपालमा बस्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल