alliance khabar

शनिबार, पौष २७, २०८१

जाजरकोट, पुस २७ गते ।

जिल्ला सदरमुकाम खलङ्गा बजार यतिबेला दुर्गन्धित बनेको छ । भेरी नगरपालिका–३ र ४ का सर्वसाधारण र व्यापारीले जथाभाबी फोहोर फालेपछि दुर्गन्धित भएको हो । भेरी नगरपालिकाको सदरमुकामभित्रको फोहोर सङ्कलन गरे पनि एक महिनामा एक पटक फोहोर उठाउन आउने गरेकाले घर, भान्सा, पसलबाट निस्केको फोहोर जथाभाबी फाल्दा दुर्गन्ध बढेको हो । व्यापार व्यवसाय गर्दै आएका सर्वसाधारणले फोहोरमैला व्यवस्थापनमा ध्यान नदिएपछि घरछेउमै फाल्दा रोगको प्रकोप फैलिने चिन्तासमेत बढेको छ ।

भेरी नगरपालिका–४, शान्तिचौतारा, गैरीखाली क्षेत्र व्यापारिक केन्द्र जिल्ला प्रहरी कार्यालयको नजिक जाजरकोटदेखि पाँचकाटिया हुँदै कुसेका लागि गाडी छुट्ने बजार क्षेत्रभन्दा करिब ५० मिटरको दुरीमा फोहोर फाल्न थालेपछि यात्रु मुख छोपेर बस्नुपर्ने बाध्यता छ । भेरी नगरपालिका–४ का भरतकुमार श्रेष्ठका अनुसार सरोकारवाला निकायको मौनताका कारण स्थानीय व्यापारी र सर्वसाधारणले मनपरी गरेको बताउनुभयो ।

नगरपालिका बजार क्षेत्रको सडक, फोहोरमैला व्यवस्थापनका लागि सहयोग गर्ने स्थानीय सरकारले आवाज नउठाउँदा जथाभाबी गर्न थालेका छन् । स्थानीय व्यापारीको मनोमानीका कारण बजार दुर्गन्धित बन्दै गएको छ । भेरी नगरपालिका–२ का बिर्खबहादुर कार्कीले व्यापारी तथा सर्वसाधारणले जथाभाबी फोहोर फाल्दा बजार क्षेत्र दुर्गन्धित हुनुका साथै नजिकैको पहिरोमा लगेर फाल्दा खेतबारीमा प्लास्टिक तथा फोहोरले ढाक्ने गरेको बताउनुभयो ।

उहाँले स्थानीय सरकारले जथाभाबी फोहोर फाल्नेलाई जरिबाना गर्नुपर्ने बताउनुभयो । बजार सडक बाटोमा जनताले जथाभाबी फोहोर गर्दै हिँडे पनि बेवास्ता गर्ने गरेका छन् । भेरी नगरपालिका–४ का मोहन खड्काले जनताले जथाभाबी फोहोर गरे पनि सरोकारवाला निकाय र जनप्रतिनिधिको मौनताका कारण समस्या आउने गरेको बताउनुभयो । सजिलोका लागि जथाभाबी आफूले फालेको फोहोरले आफ्नै स्वास्थ्यलाई असर गर्ने भएकाले नियमनकारी निकायको मौनताले गर्दा समस्या निम्तिने बताउनुभयो । सफा सुन्दर नगरपालिका निर्माणको लक्ष्य लिएको भेरी नगरपालिकाले जथाभाबी फोहोर गर्ने व्यक्ति, व्यापारीलाई कारबाही र जरिबाना गरेपछि फोहोर फाल्ने क्रम घट्दै गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल