alliance khabar

शनिबार, माघ १२, २०८१

काठमाडौँ, माघ १२ गते ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी नेतृत्व चयनका लागि सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट प्रतिनिधिले नेतृत्व चयन गर्न मतदान गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै प्रतिनिधिले आ–आफ्नो अनुकूलतामा प्रदेशबाट मतदान गर्नुहुने छ । शनिबार रातिबाटै सम्बन्धित प्रदेशबाट मतगणना सुरु गरिने छ ।” शर्माले अखिल क्रान्तिकारीको ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य निर्वाचित हुन दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्ने बताउनुभयो । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरिसकेको छ ।

उम्मेदवार कायम रहेकामध्ये एक अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहनुभएको छ । खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो रहनुभएको छ ।

यस्तै नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ । एक कोषाध्यक्ष पदका लागि पार्वता चौलागार्इं, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगर रहनुभएको निर्वाचन समितिले जनाएको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भएपछि विद्यार्थी नेताले आ–आफ्नो गुटबाट प्यालन बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल