alliance khabar

सोमबार, माघ १४, २०८१

काठमाडौँ, माघ १४ गते ।

सङ्कटा क्लब राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा सोमबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै सङ्कटाले फाइनलमा स्थान बनाएको हो ।

रोमाञ्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल टाइब्रेकरमा पनि ५–५ गोलको बराबरीहुँदै सडनडेथमा पुगेर सकिएको थियो । सडनडेथका सङ्कटा भाग्यमानी बन्यो ।

फाइनलमा सङ्कटाले एनआरटी र आयोजक टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमतीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल मङ्गलबार हुनेछ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।

यस्तै प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल