alliance khabar

आइतबार, माघ २७, २०८१

काठमाडौँ ,माघ २५ गते ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य बीमालाई स्वस्थ नगरवासी निर्माणका लागि अपरिहार्य रहेको बताउनुभयो।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्लाको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाका भित्र काम गर्ने घरेलु कामदारहरूकोलागि” घरेलु कामदारका लागि विद्यमान राष्ट्रिय कानुन , अन्तर्राष्ट्रिय श्रम मापदण्ड, कार्यस्थलमा हुने हिंसा र उत्पीडन रोकथाम सम्बन्धी तालिम”को उद्घाटन कार्यक्रममा आफ्ना भनाइहरू राख्ने क्रममा सो कुरा बताउनुभएको हो।

उहाँले स्वास्थ्य बीमाले नगरवासीलाई अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने मात्र नभई आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका लागि थप सुरक्षित र समर्थ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“स्वस्थ नगरवासीको निर्माण गर्न स्वास्थ्य बीमाको महत्व अत्यधिक छ। यसले नागरिकहरूको स्वास्थ्यको संरक्षण मात्र नगरी, उनीहरूको सामाजिक र आर्थिक सुरक्षा पनि सुनिश्चित गर्छ। हामी यसका लागि प्रयासरत छौं र नगरपालिकाको तर्फबाट स्वास्थ्य बीमामा कागेश्वरी मनोहरा नगरबासीलाई सहभागी गराउने काम भइरहेको छ,उहाँले बताउनुभयो।

उहाँले नगरपालिकामा आगामी दिनमा स्वास्थ्य बीमासम्बन्धी कार्यक्रम र योजनाहरू थप प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यस बीच, नगरपालिकाले स्वास्थ्य बीमासम्बन्धी जागरूकता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल