Alliancekhabar

शनिबार, भाद्र १६, २०८०

धुलिखेल, १६ भदौ : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्याङ्कनमा यहाँका पालिकामध्ये पहिलो हुन सफल चार पालिकालाई सम्मान गरेको छ ।

समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकाको तर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकाको तर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ को नतिजामा जिल्लाका गाउँपालिकामध्य डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा आव २०७८/७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए ।

सम्मानप्राप्त गर्ने पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई अर्थमन्त्री डा प्रकाशशरण महतले संयुक्तरुपमा सम्मानपत्र प्रदान गर्नुभयो । जिल्लामा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेर जनसेवाको काममा थप ऊर्जा मिलेको बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जसमा जिल्ला समन्वय समितिबाट आव २०७९/८० मा सम्पादित १८ बुँदे महत्वपूर्ण कार्य, आव २०८०/८१ को लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८/७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन पेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल