alliance khabar

मंगलबार, फाल्गुण ०६, २०८१

काठमाडौँ, फागुन ६ गते ।

 पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण गर्न थालिएको छ । पाइप लाइनबाट ल्याई बाराको अमलेखगन्जमा भण्डारण गरिएको पेट्रोल वितरण गरिएको हो । नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका अनुसार तीन दिनदेखि पाइप लाइनमार्फत आएको पेट्रोल विराटनगर, पोखरा र जनकपुरको ट्याङ्करलाई लोड दिन सुरु गरिएको छ ।

कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण सुरु गरिएको जानकारी दिनुभयो । मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरिन्छ । पाइप लाइनबाट ल्याएको पाँच हजार पाँच सय किलोलिटर पेट्रोल वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । बजारको आवश्यकताका आधारमा पेट्रोल आयात भइरहेको आचार्यले जानकारी दिनुुभयो । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेलसमेत ल्याउन थालिएको कार्यालयले जनाएको छ ।

पाइप लाइनबाट प्रतिदिन छ हजार किलोलिटर पेट्रोल ल्याउन सक्ने क्षमता रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाइप लाइनबाट प्रतिघण्टा तीन सय किलोलिटरका दरले इन्धन ल्याउन सक्ने क्षमता भए पनि हाल परीक्षण ढुवानी प्रतिघण्टा १५० देखि २५० किलोलिटरका दरले भइरहेको छ । पेट्रोल आउन थालेपछि दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइप लाइन नेपाल–भारतको सीमामा मोतीहारी–अमलेखगञ्ज पाइप लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

नेपालमा वार्षिक सात लाख किलोलिटर पेट्रोल खपत हुन्छ । यसमध्ये पाइप लाइनबाट ७० प्रतिशतका दरले चार लाख ९० हजार किलोलिटर आयात गर्ने लक्ष्य निगमले राखेको छ । पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ । जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । बजारको आवश्यकता अनुसार पाइप लाइनबाट पेट्रोल आयात गरिने आचार्यले जानकारी दिनुभयो ।

हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो । पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल