alliance khabar

मंगलबार, फाल्गुण ०६, २०८१

धादिङ, फागुन ६ गते ।

 तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ को धादिङबेँसीमा एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । तामाङ, अङ्ग्रेजी र समभोटा लिपिमा लेखिएको पुस्तक तामाङ भाषा नबुझ्ने पाठकले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा ‘क्युआर कोड’ समावेश गरिएको छ । यसलाई स्क्यान गरी पाठकले ‘इलेक्ट्रोनिक पेज’ मा पढ्न र अडियो स्वरूपमा सुन्न सक्ने छन् । ‘तामाङ आन’ पुस्तक लोकार्पण गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्य संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल