alliance khabar

शनिबार, फाल्गुण १७, २०८१

काठमाडौँ, फागुन १७ गते ।

नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालामा फुटबल खेलाउन पुन: अयोग्य सावित गरेपछि एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेल्ने खेल मलेसिया सरेको छ । नेपालले छनोटको पहिलो लेग मलेसियासँग आगामी मार्च २५ तारिख दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो ।

दशरथ रङ्गशालाको मापदण्ड पूरा गर्न नसक्दा पहिलो लेख मलेसियाको जोहोरमा सरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । शाहका अनुसार दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा हुँदा राखेपले एएफसीको प्रतिनिधिलाई मापदण्ड अनुसारको मैदानको कागजात दिन सकेन ।

‘‘मैदान निरीक्षणमा आएका प्रतिनिधिले अयोग्य ठानेपछि खेल खेलाउन सक्ने अवस्था भएन । मैदानको रिपोर्ट बनाउने र सुरक्षाको विषयमा आस्वस्थ पार्न नसक्दा एएफसीका प्रतिनिधि सन्तुष्ट भएनन् । तर छनोटको दोस्रो लेग नेपालमा खेलाउने प्रयास भइरहेको छ,’’ प्रवक्ता शाहले भन्नुभयो ।

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ। त्यसपछि नेपालले अक्टोबर १० मा नेपाल भियतनामसँग खेल्नेछ । नेपालले अक्टोबर १५ मा भियतनामसँग दोस्रो लेग दशरथ रङ्गशालामा र नोभेम्बर १८ मलेसियासँग, मार्च ३१ मा लाओससँग दशरथ रङ्गशालामै खेल्ने तालिका छ ।

‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट खेलहरू यसअघि पनि दशरथ रङ्गशालालाई अयाेग्य भन्दै बाहिर सञ्चालन गरिएको थियो । नेपालले फिफा विश्वकप छनोट २०२६ अन्तर्गतका खेल अरूकै मैदानमा खेलेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल