alliance khabar

मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौँ, फागुन २० गते । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पशुपतिनाथको जग्गामा अवैध रूपमा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पूर्वसरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वस्थानीय विकास अधिकारी (एलडिओ) द्वय प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ तथा पशुपति विकास कोषका तत्कालीन निर्देशक राजुकुमार रेग्मी रहेको सिआइबीले जनाएको छ ।

सिआइबीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार पशुपतिको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिई भ्रष्टाचार गरेको आरोपमा जोशी, श्रेष्ठ र रेग्मीसहित नौ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।

खड्काका अनुसार सर्वोच्च अदालतबाट भएको सो फैसलामा महेन्द्रलाल श्रेष्ठलाई चार वर्ष, प्रेमराज जोशी र राजुकुमार रेग्मीलाई छ–छ महिना कैद सजाय तोकेको थियो । सिआइबीले पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्वयन इकाइमा बुझाइसकेको जनाएको छ ।

नियमविपरीत बालुवाखानी सञ्चालनको स्वीकृति दिएर पशुपतिनाथको आम्दानीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम संवत् २०७१ माघमा दुई जना ठेकेदारसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा गुरुयोजना बनाएर व्यवस्थित पूर्वाधार र संरचना विकास गर्नुपर्ने क्षेत्रमा बालुवाखानी सञ्चालन गरेर कोषको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल