alliance khabar

मंगलबार, फाल्गुण २७, २०८१

ताप्लेजुङ, फागुन २७ गते।

 ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सत्र सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। गाउँपालिकाका विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो।

गाउँपालिका स्वास्थ्य शाखाका अनुसार कुल एक हजार ७२३ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। सिदिङ्वाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो। शाहका अनुसार आँखा परीक्षण गरिएकामा ९२२ जना छात्रा र ८०१ जना छात्र विद्यार्थी रहेका छन्।

उहाँले आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका ५२ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको जानकारी दिनुभयो। यस्तै सामान्य समस्या देखिएका ५८ जना विद्यार्थीको आँखाको औषधि उपचार गरिएको पनि उहाँले बताउनुभयो। विद्यार्थीसँगै सिदिङ्वा गाउँपालिकामा कार्यरत २१० जना शिक्षकको समेत आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

सात वटा वडा रहेको गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन्। सिदिङ्वा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गरिएको हो। आँखामा समस्या भए समयमै निदान गर्ने उद्देश्यले विद्यार्थीको आँखा परीक्षण अभियान चलाइएको गाउँपालिका अध्यक्ष मानबहादुर राईको भनाइ छ।

विद्यालय विद्यालयमा सञ्चालित शिविरमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्षेत्र कार्यकर्ता काजी थेबे लगायतले शिविरमा आँखा परीक्षण गर्नु भएको थियो। मङ्गलबार सम्पन्न भएको आँखा परीक्षण शिविर गएको साताको सोमबार सुरु सुरु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल