गुल्मी, फागुन २८ गते ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर(४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्ड देखी अन्दाजी ३०० मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार साँझ करिब ७स्३० बजेको समयमा नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षको देखिने पुरुषको शव फेला परेको छ ।
शव फेला परेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा ७ सात जनाको टोलि घटनास्थलमा खटिएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।