alliance khabar

शुक्रबार, चैत्र ०१, २०८१

काठमाडौँ, चैत १ गते । 

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ ।

बुटवलस्थित एक्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हरायो । जितका लागि बागमतीले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ११ रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि टेक रावतले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै कप्तान नारायण जोशीले ३९, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१, शेर मल्लदे अविजित १४ र निश्चल क्षेत्रीले १४ रन जोड्नुभयो ।

बलिङमा बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले चार चार विकेट लिनुभयो । प्रतिस जिसीले एक विकेट झार्नुभएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६६ रन बनाएको थियो ।

बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाउनुभयो । यस्तै आशुतोष घिरैयाले ५८, इशान पाण्डेले ३६, प्रतिस जिसी र कप्तान पृथु बास्कोटाले १५/१५, समुन सुनारले अविजित १२ र विवेक मगरले १० रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका हमेन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई विकेट लिनुभयो । नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट झार्नुभयो । प्रतियोगितामा तीन खेल सकेको बागमतीको यो पहिलो जित हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल