alliance khabar

शुक्रबार, चैत्र ०१, २०८१

ताप्लेजुङ, चैत १ गते।

 ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो।

सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोपलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। यस्तै वडा ५ लिम्बुदिन र वडा ६ मेहेले र वडा ७ सुरुम्खिमलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरी सकिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो।

शाखाका प्रमुख शाहका अनुसार बाँकी रहेको वडा नं ४ साब्लाखुलाई आउँदो सोमबार पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने तयारी गरिएको छ। साब्लाखुलाई घोषणा गरेपछि मङ्गलबार सिदिङ्वा गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। गत फागुन १९ गतेदेखि सिदिङ्वाका वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्न सुरु गरिएको थियो।

गाउँपालिकाका अनुसार प्रत्येक वडामा रहेका १५ महिनाका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएका हुन्। अब सबै सात वटै वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि पालिकालाई नै घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल