alliance khabar

शनिबार, चैत्र ०२, २०८१

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । काम बिग्रने डर भएपनि मेहनत गर्दा फाइदा नै हुनेछ । थोरै लाभ भएपनि ठूलो आवश्यकता पूरा हुनेछ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ, तर साँझपछि ईर्ष्या गर्नेहरूले फसाउने सम्भावना छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । तर, साँझतिर अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने सहयोगीहरूको राम्रो साथ पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । तर, भेटघाटले काममा बाधा पुर्याउने सम्भावना छ । आँट नगर्दा पछि परिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अवसर आएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागेपनि दिगो फाइदा हुने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सर सापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । स्वास्थ्य समस्याले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । आर्थिक संकलनमा अवरोध आउन सक्छ, समयको सही सदुपयोग गर्नुहोला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले पनि ठूलो काम सम्पादन हुनेछ । जटिल कार्य सम्पादन हुनाले पराक्रम र आत्मविश्वास बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर्क शक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरी सुधार्ने अवसर मिल्नेछ । बिछोडिएका आफन्तसँग पुन: भेटघाट हुनेछ । मनग्य धन आर्जनको अवसर मिल्नेछ । तर, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले केही समस्या उत्पन्न हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वैदेशिक कामकाजमा फाइदा हुनेछ । मनको डर उत्साहमा परिणत हुनेछ । टाढाको यात्रा गर्ने मौका मिल्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा तथा अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर आएपनि अरूको मुख ताक्ने बानीले पछि परिने सम्भावना छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंको कामको प्रशंसा गर्नेछन् । सोखले खर्च बढाउने सम्भावना छ भने वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आश्वासन बाँड्नेहरूले झुक्याउने सम्भावना छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । साँझतिर कामको चाप कम हुनेछ । शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने अवसर मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने उचित समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटबीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसरहरू प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना सफल हुन सक्छन् । कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल