alliance khabar

शनिबार, चैत्र ०२, २०८१

ताप्लेजुङ, चैत २ गते ।

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित नेपाल निजामति कर्मचारी सङ्गठनको प्रथम पालिका अधिवेशनबाट सीता लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको प्रथम पालिका अधिवेशनले लिम्बू अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा विजयकुमार शाह, सचिव नरबहादुर बोहोरा र कोषाध्यक्षमा सुदीप भट्टराई चयन हुनुभएको छ । यस्तै, सदस्यमा अर्जुन अधिकारी, सुरेन्द्रकुमार गुप्ता, सुनिता यक्सो, राधिका लिम्बू, सजन आचार्य, शिवराज कोइराला, सजना लिम्बू, शर्मिला हेम्ब्या र रोशन पौडेल रहनुभएको छ ।

नेकपा (एमाले) कोशी प्रदेश समितिका सदस्य राजकुमार चुडाल, नेपाल निजामति कर्मचारी सङ्गठन ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद थापालगायतको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको बताइएको छ । नेपाल निजामति कर्मचारी सङ्गठन एमाले निकट कर्मचारी सङ्गठन हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल