alliance khabar

शनिबार, चैत्र ०२, २०८१

हेटौँडा, चैत २ गते ।

करेन्ट लगाई माछा मार्ने क्रममा मकवानपुरको मनहर गाउँपालिका वडा नं. ६ नयाँवस्ती बस्दै आएका एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ घर भई सात–आठ महिनादेखि नयाँबस्तीस्थित आफन्तको घरमा बस्दै आएका इन्द्रलाल मोक्तानको स्थानीय नहर खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मनहर, मकवानपुरका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिनुभयो ।

३१ वर्षीय मोक्तानले आफन्तको घरबाट करिब १५–२० मिटर दक्षिणतर्फ रहेको नहर खोलामा बिहीबार साँझ १७ः३० बजेको करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएको थिए ।

घाइते मोक्तानलाई आफन्तले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा १९ः३० बजे मृत्यु भएको थियो । तर परिवारका सदस्यले यसअघि मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएको प्रहरीलाई जानकारी गराएकोमा हाल जिल्ला प्रहरी कार्यालय चितवनमा भने करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएको बेहोरासहित निवेदन दिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार सुरुमा करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएको भन्दा समस्या हुने डरले मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको बताएको हुनसक्छ ।

मोक्तानको शव हाल सरकारी अस्पताल चितवनमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल