alliance khabar

शनिबार, चैत्र ०२, २०८१

दोलखा, चैत २ गते  ।

दोलखाको शैलुङ गाउँपालिकाले सडकलाई प्राथमिकता दिँदै पालिकाभित्र चक्रपथको ट्र्याक खोलेको छ ।  गाउँपालिका तथा वडास्तरका विभिन्न सडक जोड्दै धेरै ठाउँमा नयाँ ट्र्याक निर्माण गरेर ९३ किलोमिटर ट्र्याक खोलिएको गाउँपालिका इन्जिनियर कमल थापामगरले बताउनुभयो । उहाँका अनुसार चक्रपथ शैलुङको भविष्यसंँग जोडिएको छ । यसले पालिकाभित्र आवतजावतमा सहजता ल्याउने छ । सबै वडाको समान विकास गर्न सहयोग मिल्ने छ । यसले कृषि प्रवर्धनमा मुख्य भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

चक्रपथले मुडे–मेलुङ सडकखण्डको थगम खेल मैदानबाट प्रवेश गरेर पुरानो गाउँ २ नम्बर वडा, जम्बुसिंङ–कल्लाबारी, १ नम्बर वडा, मानेडाँडा, हुलाके, वीरेन्द्र माध्यमिक विद्यालयलगायतका स्थान जोडिन्छ । गाउँपालिकाभित्रको विविधतालाई एकआपसमा खँदिलो बनाउने यो चक्रपथलाई भविष्यका आवश्यकता अनुसार थप परिमार्जन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल