alliance khabar

आइतबार, चैत्र ०३, २०८१

हेटौँडा, चैत २ गते  ।

मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले घरगोठसहित तरकारी खेतीका लागि बनाएको टनेलमा क्षति पु-याएको थियो । थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले असिनापानीसहित आएको हावाहुरीले पालिकाका विभिन्न वडामा स्थानीयको घरगोठ र तरकारीबालीमा क्षति पु-याएको लगत विवरण सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले हावाहुरीले क्षति पु-याएसँगै राहत र उद्धार थालिएको भन्दै असिनापानी र हावाहुरीबाट क्षति पुगेका परिवारलाई क्षतिका आधारमा प्रतिपरिवार ३० हजार रुपियाँसम्म राहत उपलब्ध गराउने थाहा नगर विपत् व्यवस्थापन समितिको बसेको आकस्मिक बैठकले निर्णय गरेको बताउनुभयो । हावाहुरीका कारण ८६ वटा घरगोठमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । नगरपालिकाका प्रवक्ता रायमाझीले नगरपालिकाको वडा नं. ३ मा ५१ वटा, वडा नं. ४ मा २५ वटा र वडा नं. ५ मा १० वटा हावाहुरीले घरको छानो उडाएर क्षति पु-याएको विवरण प्राप्त भएको जानकारी दिनुभयो ।

नेपाल रेडव्रmस सोसाइटी जिल्ला शाखा मकवानपुरले शनिबार प्रभावित क्षेत्रमा पुगेर त्रिपाल वितरण गरेको छ । यसअघि दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले हावाहुरीबाट घरगोठ क्षति भएका परिवारलाई तत्कालका लागि राहत स्वरूप दामन रेडक्रस, जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा ६० थान त्रिपाल उपलब्ध गराइएको बताउनुभयो ।

हावाहुरीका कारण थाहानगरको घर्तीखोला, डाँडागाउँ, धारापानीलगायतका स्थानका घरगोठको छानो उडाएपछि स्थानीय समस्यामा परेका छन् ।

थाहा नगर कृषि शाखा हावाहुरीसँगै आएको असिनाका कारण टनेल र खेतीपातीमा समेत गरी लाखौँको क्षति पुगेको छ । कृषि शाखाका प्राविधिकबाट कृषि बालीमा पु-याएको क्षतिको लगत सङ्कलन गर्ने कार्य भइरहेको र असिनाले थाहाको वडा नं. ७, ८, ३, ४, ५ र ६ मा क्षति पु-याएको नगरपालिकाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल